Logo

२०८३ कार्तिक २ गते आइतवार

२०८३ कार्तिक २ गते आइतवार

प्रकृति संरक्षण कोषमा तीन सदस्य मनोनीत

प्रकृति संरक्षण कोषमा तीन सदस्य मनोनीत


  • 1.2K
    Shares

    प्रकृति संरक्षण कोषमा तीन सदस्य मनोनीत
    images

    काठमाडौं । सरकारले राष्ट्रिय प्रकृति संरक्षण कोषको सञ्चालक समिति सदस्यमा तीन जना स्थापित अन्तर्राष्ट्रिय विज्ञ व्यक्तित्वहरूलाई मनोनयन गरेको छ। 

    कोषका अध्यक्षसमेत रहेकी कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले कोषको ऐनमा भएको प्रावधानअनुसार उनीहरूलाई सदस्यमा मनोनयन गरेकी हुन्। संस्थाको अन्तर्राष्ट्रिय साख अभिवृद्धि गर्न र वैज्ञानिक संरक्षण कार्यलाई थप गति दिने उद्देश्यले यो निर्णय गरिएको हो।

    संस्थाको अन्तरराष्ट्रिय साख अभिवृद्धि गर्न र वैज्ञानिक संरक्षणलाई थप गति दिन संयुक्त अधिराज्य बेलायतका हाउस अफ लर्डका लर्ड क्यामोस विलियम स्टोनर,  विश्वविख्यात संरक्षणकर्मी एवं वन्यजन्तु विज्ञ डा. एरिक डाइनस्र्टाइन र अस्ट्रेलियन प्राध्यापक विन्डी राइटलाई सदस्यमा मनोनित गरेको हो ।

    मनोनित सदस्यहरूमध्ये लर्ड क्यामोस विलियम स्टोनर र डा. एरिक डाइनस्र्टाइन नेपालको संरक्षण इतिहाससँग लामो समयदेखि जोडिएका व्यक्तित्व हुन्।

    आठौँ ब्यारोन क्यामोस (विलियम स्टोनर) को परिवारको नेपालको राजनीतिक, कूटनीतिक र संरक्षणको इतिहाससँग पुरानो एवं ऐतिहासिक सम्बन्ध रहँदै आएको छ। 

    उनले हाल पनि ब्रिटिस परोपकारी माध्यमबाट नेपालको जैविक विविधता संरक्षणमा महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आएका छन्। यस मनोनयनले नेपालको प्रकृति संरक्षण क्षेत्रमा अन्तर्राष्ट्रिय सहकार्य र वैज्ञानिक अनुसन्धानलाई थप सुदृढ बनाउने विश्वास लिइएको छ।

     

    प्रकाशित मिति :आषाढ १६ २०८३ मंगलवार - १४:१७:२८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij