Logo

२०८३ कार्तिक २ गते आइतवार

२०८३ कार्तिक २ गते आइतवार

आफूलाई 'गृहमन्त्रालयको व्यक्ति' बताउँदै प्रहरीमा दबाब दिने आदित्य सिंह पक्राउ

आफूलाई 'गृहमन्त्रालयको व्यक्ति' बताउँदै प्रहरीमा दबाब दिने आदित्य सिंह पक्राउ


  • 2.1K
    Shares

    आफूलाई 'गृहमन्त्रालयको व्यक्ति' बताउँदै प्रहरीमा दबाब दिने आदित्य सिंह पक्राउ
    images

    काठमाडौं । आफूलाई गृह मन्त्रालयको अधिकारी भन्दै प्रहरी वृत्तमा अनधिकृत पहुँच राख्ने र दबाब दिने एक युवक काठमाडौंबाट पक्राउ परेका छन्।

    प्रहरीले ३० वर्षीय आदित्य सिंहलाई कोटेश्वरस्थित खरिबोट क्षेत्रबाट नियन्त्रणमा लिएको हो। प्रहरीका अनुसार सिंहले लामो समयदेखि आफू गृह मन्त्रालयसँग आबद्ध व्यक्ति भएको भन्दै प्रहरी अधिकारीहरूलाई विभिन्न विषयमा दबाब दिने र अनुसन्धान तथा कानुनी प्रक्रियामा अनधिकृत रूपमा प्रभाव पार्ने कोसिस गर्दै आएका थिए।

    उनको गतिविधि शंकास्पद देखिएपछि प्रहरीले निगरानी बढाएर उनलाई पक्राउ गरेको हो। पक्राउ परेका सिंहमाथि थप अनुसन्धान र कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ।  

    प्रकाशित मिति :आषाढ १४ २०८३ आइतवार - १८:००:१७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij