Logo

२०८३ श्रावण २८ गते बिहिवार

२०८३ श्रावण २८ गते बिहिवार

अमेरिकी हवाई आक्रमण युद्धविरामको स्पष्ट उल्लङ्घन : इरान

अमेरिकी हवाई आक्रमण युद्धविरामको स्पष्ट उल्लङ्घन : इरान


  • 1.4K
    Shares

    अमेरिकी हवाई आक्रमण युद्धविरामको स्पष्ट उल्लङ्घन :  इरान
    images

    काठमाडौं । इरानले शनिबार भएको अमेरिकी हवाई आक्रमणलाई अमेरिका–इरानबिच जुन १८ मा भएको युद्धविरामसम्बन्धी समझदारीको स्पष्ट उल्लङ्घन भएको जनाएको छ । इरानी विदेश मन्त्रालयले आइतबार जारी गरेको विज्ञप्तिमा अमेरिकामाथि आफ्ना प्रतिबद्धताप्रति कुनै सम्मान नरहेको आरोप लगाएको छ । 

    विज्ञप्तिमा भनिएको छ, ‘यस घटनाले अमेरिकी शासनले आफ्ना प्रतिबद्धतालाई कुनै महत्त्व नदिने र वाचा तोड्नु नै त्यस शासनको स्वभाव भएको कुरा फेरि प्रमाणित गरेको छ,’ ।

    यसअघि अमेरिकी सेन्ट्रल कमाण्ड (सेन्टकम)ले अमेरिकी नौसेना र वायुसेनाले स्टेट अफ होर्मुज आसपास रहेका इरानका १० वटा सैन्य लक्ष्यमा हवाई आक्रमण गरेको जनाएको थियो । अमेरिकाले उक्त कारबाही इरानले एक व्यापारिक जहाजमाथि गरेको आक्रमणको जवाफ भएको दाबी गरेको छ ।

    अमेरिकी आक्रमणपछि इरानको इस्लामिक रिभोलुसनरी गार्ड कप्र्स ९आईआरजीसी०ले बहराइन र कुवेतस्थित अमेरिकी सैन्य सुविधाहरूलाई मिसाइल र ड्रोनमार्फत निशाना बनाएको जनाएको छ । इरानी विदेश मन्त्रालयले आफ्नो विज्ञप्तिमा भनेको छ, ‘इस्लामिक गणतन्त्र इरानले अमेरिकी सैन्य आक्रमणविरुद्ध आफ्नो राष्ट्रिय सार्वभौमिकता र भौगोलिक अखण्डताको रक्षा गर्न दृढ संकल्प दोहोर्‍याएको छ,’ ।

     

    images
    प्रकाशित मिति :आषाढ १४ २०८३ आइतवार - १२:२२:१४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij