Logo

२०८३ श्रावण २८ गते बिहिवार

२०८३ श्रावण २८ गते बिहिवार

नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य बढ्यो

नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य बढ्यो


  • 2.1K
    Shares

    नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य बढ्यो
    images

    काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । गत शुक्रबारको तुलनामा सुन तोलामा चार हजार ७०० र चाँदी १४५ ले बढेको हो ।

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार प्रतितोला छापावाल सुुन दुई लाख ८३ हजार ८०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य चार हजार ३२५ कायम भएको छ ।

    गत शुक्रबार एक तोला सुन दुई लाख ७९ हजार १०० र चाँदी चार हजार १८० मा कारोबार भएको थियो ।

    अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन चार हजार आठ र चाँदी ५६ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

     

    images
    प्रकाशित मिति :आषाढ १४ २०८३ आइतवार - ११:११:२४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij