Logo

२०८३ श्रावण २८ गते बिहिवार

२०८३ श्रावण २८ गते बिहिवार

आज सुनको मूल्यमा सामान्य वृद्धि

आज सुनको मूल्यमा सामान्य वृद्धि


  • 1.3K
    Shares

    आज सुनको मूल्यमा सामान्य वृद्धि
    images

    काठमाडौं । साताको अन्तिम कारोबारको दिन शुक्रवार नेपाली बजारमा सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ७९ हजार १०० रुपैयाँ कायम भएको छ। यो अघिल्लो कारोबार दिनको तुलनामा ८ सय रुपैयाँले बढी हो। बिहीबार सुन प्रतितोला २ लाख ७८ हजार ३०० रुपैयाँ मा कारोबार भएको थियो।

    त्यस्तै, १० ग्राम सुनको मूल्य २ लाख ३९ हजार २८५ रुपैयाँ तोकिएको महासंघले जनाएको छ।

    यता, चाँदीको मूल्य भने घटेको छ। महासंघका अनुसार आज चाँदी प्रतितोला ४ हजार १८० रुपैयाँ कायम भएको छ, जुन अघिल्लो दिनको तुलनामा ५५ रुपैयाँले कम हो। 

    बिहीबार चाँदी प्रतितोला ४ हजार २३५ रुपैयाँ मा कारोबार भएको थियो।

    त्यस्तै, आज १० ग्राम चाँदीको मूल्य ३ हजार ५८४ रुपैयाँ निर्धारण गरिएको महासंघले जनाएको  

     

    images
    प्रकाशित मिति :आषाढ १२ २०८३ शुक्रवार - ११:३८:३४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij