२०८३ श्रावण २८ गते बिहिवार
काठमाडौं । भेनेजुएलामा लगातार दुई शक्तिशाली भूकम्प गएपछि राजधानी काराकासमा भवनहरू भत्किएका छन् र स्थानीय बासिन्दाहरू त्रसित बनेका छन् ।
यससँगै कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजले देशमा आपत्कालीन अवस्था घोषणा गर्दै काराकासस्थित सिमोन बोलिभार अन्तर्राष्ट्रिय विमानस्थल क्षतिग्रस्त भएकाले बन्द गरिएको जानकारी दिएकी छन् ।
भेनेजुएलामा दुई शक्तिशाली भूकम्प गएको पाँच घण्टाभन्दा बढी समय बितिसक्दा पनि राष्ट्रिय अधिकारीहरूले विपद्को वास्तविक आकारबारे धेरै जानकारी दिएका छैनन् ।
राज्य सञ्चालित सञ्चारमाध्यमहरू एजेन्सिया भेनेजोलाना दे नोटिसियास र भेनेजोलाना दे टेलिभिसियोनले पनि भूकम्पको प्रभावबारे सीमित विवरण मात्र सार्वजनिक गरेका छन् ।
भूकम्पीय गतिविधिको निगरानी गर्ने अमेरिकी भूगर्भीय सर्वेक्षण (यूएसजीएस) ले मृतकको संख्या १० हजारदेखि १ लाखसम्म पुग्न सक्ने अनुमान गरेको छ ।
लगातार दुई भूकम्पले भेनेजुएलालाई प्रभावित गरेलगत्तै यूएसजीएसले सम्भावित मृतक संख्या १० हजारदेखि १ लाखसम्म हुन सक्ने आकलन सार्वजनिक गरेको थियो ।
क्यालिफोर्निया विश्वविद्यालय, सान डिएगोका भूभौतिकशास्त्री वाशान राइटका अनुसार यो अनुमान ‘पेजर’ –प्रम्ट एसेसमेन्ट अफ ग्लोवल अर्थक्विक रेस्पोन्स) नामक उन्नत मोडेलिङ प्रणालीको प्रयोगबाट गरिएको हो ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij