Logo

२०८३ श्रावण २८ गते बिहिवार

२०८३ श्रावण २८ गते बिहिवार

भनेजुएलामा दुई शक्तिशाली भूकम्पको धक्का

भनेजुएलामा दुई शक्तिशाली भूकम्पको धक्का


  • 1.1K
    Shares

    भनेजुएलामा दुई शक्तिशाली भूकम्पको धक्का
    images

    काठमाडौं । दक्षिण अमेरिकी मुलुक भेनेजुएलाको उत्तरी तटीय क्षेत्रमा एकै मिनेटभित्र दुईवटा शक्तिशाली भूकम्प गएका छन्। बुधबार साँझ गएका यी लगातारका भूकम्पका कारण थुप्रै भवनहरू भत्किएका छन् भने त्रसित नागरिकहरू ज्यान जोगाउन सडकमा निस्किएका छन्। 

    अमेरिकी भूगर्भ सर्वेक्षणले यी लगातारका भूकम्पका कारण हजारौँ मानिस हताहत हुन सक्ने र व्यापक क्षति पुगेको हुन सक्ने चेतावनी दिएको छ। यद्यपि क्षतिको पूर्ण विवरण भने आउन बाँकी छ। भूकम्प लगत्तै सरकारले देशैभर संकटकाल घोषणा गरेर उद्धारकर्मी र सुरक्षाकर्मी परिचालन गरेको छ।

    विपद् व्यवस्थापन अधिकारीहरूका अनुसार पहिलो ७.२ म्याग्निच्युडको धक्का याराकुई राज्यको राजधानी सान फेलिप नजिकै स्थानीय समय अनुसार साँझ ६:०४ बजे गएको थियो। त्यसको ठिक ४० सेकेन्ड पछि सोही राज्यको युमारे सहरभन्दा २३ किलोमिटर दक्षिणपूर्वलाई केन्द्रबिन्दु बनाएर ७.५ म्याग्निच्युडको अर्को ठुलो भूकम्प गयो। युमारे क्षेत्र भेनेजुएलाका ठुला तेल प्रशोधन केन्द्रहरू रहेको क्षेत्र पनि हो।

     

    images
    प्रकाशित मिति :आषाढ ११ २०८३ बिहिवार - १०:११:५७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij