२०८२ भाद्र ९ गते सोमवार
बलिउड अभिनेता वरुण धवनलाई कोरोना संक्रमण देखिएको छ । यसबारे वरुण आफैले इन्स्टाग्राममार्फत जानकारी गराएका हुन् ।
हिन्दुस्तान टाइम्स अनुसार, वरुण फिल्म "जुग जुग जिओ"को सुटिङ चलिरहेको बेला कोरोना संक्रमण पुष्टि भएको हो । फिल्म चन्दिगढमा सुटिङ भइरहेको थियो ।
इन्स्टाग्राममा वरुणले साथीहरूसँग भिडिओ च्याट गरेको स्क्रिनसट पोष्ट गर्दै लेखेका छन्, "भिटामिन साथीहरू, महामारी समयमा पनि म काममा फर्कें। हाम्रो प्रोडक्सन टोलीले सावधानीका सबै उपायहरू पनि अपनाएकै थियौं। तर त्यतिले काफी भएन क्यारे! थप सतर्कताको आवश्यक छ । सबैजना सुरक्षित रहौं ।" एजेन्सी
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij