Logo

२०८३ श्रावण २८ गते बिहिवार

२०८३ श्रावण २८ गते बिहिवार

मदनकृष्ण श्रेष्ठको जीवनमाथि फिल्म ‘मदनकृष्ण’ बन्ने

मदनकृष्ण श्रेष्ठको जीवनमाथि फिल्म ‘मदनकृष्ण’ बन्ने


  • 1.2K
    Shares

    मदनकृष्ण श्रेष्ठको जीवनमाथि फिल्म ‘मदनकृष्ण’ बन्ने
    images

    काठमाडौं । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको जीवनमाथि कथानक फिल्म ‘मदनकृष्ण’ निर्माण हुने भएको छ । यो फिल्मलाई यसअघि बायोपिक जनराका फिल्म निर्देशनमा ह्याट्रिक गरिसकेका मिलन चाम्सले निर्देशन गर्ने भएका छन् ।

    चाम्सको यो चौंथो निर्देशकीय बायोपिक हुने भएको छ । उनले यसअघि दृष्टिविहिन सृष्टि केसीमाथि ‘ब्लाइन्ड रक्स’, नर्वेका प्रवासी नेपालीहरू उमेश थापा र कविता गुरुङको ‘बबी’ र फुटबल खेलाडी एन्जिला तुम्बापो सुब्बाको बायोपिक ‘अञ्जिला’ निर्देशन गरिसकेका छन् ।

    चाम्सले सबैभन्दा बायोपिक फिल्म निर्देशनको रेकर्ड रचेका छन् । सोमबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा फिल्म ‘मदनकृष्ण’को औपचारिक घोषणा गरियो ।

    मदनकृष्णको भूमिकामा महेश त्रिपाठीले अभिनय गर्नेछन् भने उनकी श्रीमती यशोधाको रोलमा केकी अधिकारीले अभिनय गर्नेछिन् । यो फिल्मलाई राजकुमार श्रेष्ठले निर्माण गर्नेछन् । भदौ दोस्रो सातादेखि छायांकन तयारी छ ।

    images
    प्रकाशित मिति :आषाढ ९ २०८३ मंगलवार - १४:०९:२३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij