२०८३ श्रावण २८ गते बिहिवार
काठमाडौं । साताको दोस्रो कारोबारको दिन सोमबार सुन र चाँदी दुवैको मूल्य सामान्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य प्रतितोला १ हजार ४०० रुपैयाँले बढेको हो।
महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८८ हजार ७०० रुपैयाँ कायम भएको छ। यसैगरी १० ग्राम सुनको मूल्य २ लाख ४७ हजार ५१५ रुपैयाँ तोकिएको छ। अघिल्लो दिन अर्थात् असार ७ गते सुन प्रतितोला २ लाख ८७ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो।
साथै, सुनसँगै आज चाँदीको मूल्यमा पनि केही बढोत्तरी भएको महासंघले जनाएको छ। आज चाँदी प्रतितोला ४० रुपैयाँले बढेर ४ हजार ७३० रुपैयाँ पुगेको छ। हिजो चाँदीको मूल्य प्रतितोला ४ हजार ६९० रुपैयाँ रहेको थियो।
यस्तै १० ग्राम चाँदीको मूल्य आज ४ हजार ०५५ रुपैयाँ कायम भएको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij