२०८३ श्रावण २८ गते बिहिवार
काठमाण्डौ । चर्चित हास्य कलाकार खेम शर्मा ‘चतुरे’ को निधन भएको छ ।
अमेरिकाको बाल्टिमोरमा उपचारको क्रममा शर्माको आज बिहान निधन भएको हो । हास्य कलाकार शिवहरि पौडेलले सामाजिक सञ्चाल फेसबुकमार्फत कलाकार शर्माको निधन भएको जानकारी दिए ।
पछिल्लो समय अमेरिकामा रहँदै आएका शर्मा विगत ७ वर्षदेखि क्यान्सर रोगबाट पीडित थिए । उनले टेलिफिल्म ‘चतुरेको दाउपेच’ सहित थुप्रै टेलिफिल्म र फिल्ममा काम गरेका छन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij