२०८३ श्रावण २८ गते बिहिवार
फिफा विश्वकप अन्तर्गत गएराति लस एन्जल्समा भएको खेलमा बोस्निया हर्जगोभिनाविरुद्ध स्विट्जरल्यान्डल ४-१ को जित निकालेको छ।
यो जितसँगै स्विट्जरल्यान्डको नकआउट चरणमा पुग्ने सम्भावना बलियो भएको छ। स्विट्जरल्यान्डका वैकल्पिक खेलाडी जोहान मान्जाम्बीले खेलमा दुई गोल गरे।
स्विट्जरल्यान्डले समूह ‘बी’बाट दुई खेलबाट चार अंक जोडेको छ। यसले नकआउट चरणमा प्रवेश गर्ने उको सम्भावना बलियो बनेको हो। तर, बोस्नियाले लगातार दोस्रो खेल पनि जित्न नसक्दा उ समूह चरणबाटै बाहिरिने सम्भावना बलियो भएको छ। अघिल्लो खेलमा स्विट्जरल्यान्डलाई कतारले र बोस्नियालाई क्यानडाले १–१ को समान बराबरीमा रोकेका थिए।
जोहान मान्जाम्बीले ७४ औँ मिनेटमा गोल गर्दै स्विट्जरल्यान्डलाई अग्रता दिलाए। उनी त्यसको तीन मिनेटअघि मात्र अघि मैदान प्रवेश गरेका थिए । बोस्नियाका रक्षकले क्लियर गर्न खोजेको बललाई मान्जाबीले गोलमा परिणत गरेका हुन्। अर्का वैकल्पिक खेलाडी रुबेन भार्गासले खेलको ८४ औँ मिनेटमा स्विट्जरल्यान्डका लागि दोस्रो गोल गरे।
लगत्तै मान्जाम्बीले नै ९० औँ मिनेटमा स्विट्जरल्यान्डका लागि तेस्रो गोल गरे। इन्जुरी समयको तेस्रो मिनेटमा बोस्नियाका इर्मिन माहमिजले सान्त्वना गोल फर्काएका छन्। स्विट्जरल्यान्डका कप्तान ग्रानिट जाकाले अन्तिम समयमा पेनाल्टीबाट चौथो गोल गरेर खेलमा स्विट्जरल्यान्डको जित निश्चित गरे।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij