Logo

२०८३ श्रावण २८ गते बिहिवार

२०८३ श्रावण २८ गते बिहिवार

यस्तो छ आज मंगलबारको लागि फलफूल तथा तरकारीको मूल्यसूची

यस्तो छ आज मंगलबारको लागि फलफूल तथा तरकारीको मूल्यसूची


  • 1.5K
    Shares

    यस्तो छ आज मंगलबारको लागि फलफूल तथा तरकारीको मूल्यसूची
    images

    काठमाडौँ ।  कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज मंगलबारको मूल्यसूची प्रकाशित गरेको छ । जसअनुसार आज सबैभन्दा सस्तो हाइब्रीड सेतो मूला प्रतिकेजी १८ रुपैयाँ २५ पैसा, लाम्चो भन्टा १९ रुपैयाँ ५० पैसा, लोकल गोलभेँडा २१ रुपैयाँ २५ पैसा र हाइब्रीड काक्रो २३ रुपैयाँ ३३ पैसा तोकिएको छ । त्यसैगरी, सबैभन्दा महँगो सिताके च्याउ र सुकेको माछा ९०० रुपैयाँ कायम गरिएको छ । 

    ठुलो नेपाली गोलभेँडाको भाउ प्रतिकेजी ६३ रुपैयाँ ७५ पैसा, टनेल गोलभेँडा ३१ रुपैयाँ ४० पैसा, लाम्चो रातो आलु ३६ रुपैयाँ २५ पैसा, गोलो रातो आलु ३३ रुपैयाँ ७५ पैसा, मुडेको रातो आलु ३३ रुपैयाँ ३३ पैसा, सेतो आलु र भारतीय रातो आलु २९ रुपैयाँ, सुकेको प्याज (भारतीय) ३९ रुपैयाँ ७५ पैसा, लोकल गाजर ९२ रुपैयाँ ५० पैसा, लोकल बन्दा ५६ रुपैयाँ २५ पैसा, स्थानीय काउली ४७ रुपैयाँ ५० पैसा, रातो मूला ३२ रुपैयाँ ६७ पैसा, लाम्चो मूला १९ रुपैयाँ ५० पैसा तोकिएको छ । 

    त्यस्तै, लाम्चो भन्टा प्रतिकेजी १९ रुपैयाँ ५० पैसा, डल्लो भन्टा ३४ रुपैयाँ ५० पैसा, तने बोडी २६ रुपैयाँ २५ पैसा, मकै बोडी ४६ रुपैयाँ २५ पैसा, मटरकोशा १६० रुपैयाँ, हाइब्रीड सिमी र लोकल घिउ सिमी ३५ रुपैयाँ, राजमा सिमी ८० रुपैयाँ, टाटे सिमी ६३ रुपैयाँ ७५ पैसा, भटमासकोशा ११० रुपैयाँ, तितो करेला ३५ रुपैयाँ, लौका, तराई परवर, स्कूस र तोरीको साग प्रतिकेजी ४५ रुपैयाँ, चिचिण्डो ३५ रुपैयाँ, घिरौला ४६ रुपैयाँ २५ पैसा, झिगूनी ५६ रुपैयाँ २५ पैसा कायम गरिएको छ । 

    यसैगरी, भिण्डी प्रतिकेजी २८ रुपैयाँ ७५ पैसा, सखरखण्ड ११० रुपैयाँ, पिंडालू ९५ रुपैयाँ, रायोको साग ३५ रुपैयाँ, पालूगो साग, चमसूरको साग र बैोकाउली ८० रुपैयाँ, हरियो प्याज ११० रुपैयाँ, कन्य च्याउ २३२ रुपैयाँ ५० पैसा, डल्ले च्याउ ३४५ रुपैयाँ, राजा च्याउ २९० रुपैयाँ, कुरीलो ३२६ रुपैयाँ ६७ पैसा, न्यूरो ९५ रुपैयाँ तोकिएको छ ।

     

    images
    प्रकाशित मिति :आषाढ २ २०८३ मंगलवार - ०८:४८:१२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij