Logo

२०८२ भाद्र १३ गते शुक्रवार

२०८२ भाद्र १३ गते शुक्रवार

ग्यास सिलिण्डर विस्फोट : ८ को मृत्यु, ७ घाइते

ग्यास सिलिण्डर विस्फोट : ८ को मृत्यु, ७ घाइते


  • 5.9K
    Shares

    ग्यास सिलिण्डर विस्फोट : ८ को मृत्यु, ७ घाइते
    images

    भारतको उत्तर प्रदेशमा खाना पकाउने ग्यास सिलिण्डर विस्फोट हुँदा ८ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् ।

    मंगलबार राति उत्तर प्रदेशको गोन्डा जिल्लामा ग्यास सिलिण्डर विस्फोट भएको थियो । विस्फोटमा परी ८ जनाले ज्यान गुमाएको र ७ जना घाइते भएको भारतीय समाचार माध्यमले जनाएका छन् । ज्यान गुमाउनेमध्ये २ महिला, २ पुरुष र ४ बालबालिका रहेका छन् ।

    टिक्री गाउँमा भएको उक्त विस्फोटपछि एक आपसमा जोडिएका २ वटा घर ढलेका थिए । नुरल हसनको परिवारले खाना पकाइरहेका बेला ग्यास सिलिण्डर विस्फोट भएको समाचारमा उल्लेख गरिएको छ ।

    ग्यास सिलिण्डर विस्फोट हुनुको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । एजेन्सी

    प्रकाशित मिति :जेठ १९ २०७८ बुधवार - १३:४३:०६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij