Logo

२०८२ भाद्र ६ गते शुक्रवार

२०८२ भाद्र ६ गते शुक्रवार

काठमाडौं उपत्यकामा जेठ ३१ गतेसम्म निषेधाज्ञा लम्ब्याउने निर्णय

काठमाडौं उपत्यकामा जेठ ३१ गतेसम्म निषेधाज्ञा लम्ब्याउने निर्णय


  • 6.2K
    Shares

    काठमाडौं उपत्यकामा जेठ ३१ गतेसम्म निषेधाज्ञा लम्ब्याउने निर्णय
    images

    काठमाडौं । काठमाडौं उपत्यकामा जेठभर निषेधाज्ञा हुने भएको छ । बुधबार उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले जेठ ३१ गतेसम्म निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो ।

    बुधबारको बैठकले खाद्य पसल बिहान ९ बजेसम्म खोल्न दिने निर्णय गरेको भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जानकारी दिए ।

    पछिल्लो एक सातादेखि खाद्यान्न पसल पनि सञ्चालनमा रोक लगाइएको थियो । सार्वजनिक निर्माणलाई खुल्ला गर्ने निर्णय भएको छ । सार्वजनिक निर्माण बन्द हुँदा सामग्री ढुवानीका सवारी–साधन पनि रोकिएका थिए । निर्माण सामग्री रातको समयमा मात्र ढुवानी गर्न दिने निर्णय गरिएको छ ।

    अत्यावश्यकबाहेकका कार्यालय खोल्न नपाइने व्यवस्था कायमै छ । बैंक तथा वित्तीय संस्था पनि अहिलेकै अवस्थामा सञ्चालन हुने प्रजिअ भट्टराईले बताए ।

    यस्तो छ जिल्ला प्रशासनद्वारा जारी आदेश

     

    प्रकाशित मिति :जेठ १९ २०७८ बुधवार - १३:२७:०३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij