२०८३ श्रावण २८ गते बिहिवार
काठमाडौं । आज असारको १ गते सोमबार नेपाली बजारमा सुन चाँदीको मूल्यमा उल्लेख्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ५ हजार रुपैयाँले बढेको छ।
महासंघले आजका लागि छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९८ हजार २०० रुपैयाँ निर्धारण गरेको छ। यसअघि जेठ ३१ गते सुन प्रतितोला २ लाख ९३ हजार २०० रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, आज १० ग्राम सुनको मूल्य २ लाख ५५ हजार ६६० रुपैयाँ कायम गरिएको छ।
साथै, सुनसँगै चाँदीको मूल्यमा पनि वृद्धि भएको छ। आज चाँदी प्रतितोला १२० रुपैयाँले बढेर ५ हजार १५ रुपैयाँ पुगेको छ। अघिल्लो दिन चाँदीको मूल्य प्रतितोला ४ हजार ८९५ रुपैयाँ रहेको थियो।
महासंघका अनुसार आज १० ग्राम चाँदीको मूल्य ४ हजार ३०० रुपैयाँ तय गरिएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij