Logo

२०८२ भाद्र १३ गते शुक्रवार

२०८२ भाद्र १३ गते शुक्रवार

५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा २० वर्षीय युवक पक्राउ

५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा २० वर्षीय युवक पक्राउ


  • 6.5K
    Shares

    ५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा २० वर्षीय युवक पक्राउ
    images

    काठमाडौं । बालिका बलात्कार गरेको आरोपमा प्रहरीले ललितपुरको गोदावरी नगरपालिका–३ बाट एकजना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तरीको शम्भुनाथ नगरपालिका घर भएका २० वर्षीय राम आशिष सदा छन् ।

    गोदावरी नगरपालिका–३ स्थित मोतिचौरको निर्माणाधिन होटलमा लगेर राम आशिषले ५ वर्षीया बालिकालाई बलात्कार गरेको पीडित पक्षको आरोप छ । आरोपी गोदावरीमा बस्दै आएका थिए ।

    आइतबार साँझ उनले बालिका बलात्कार गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ । प्रहरीले बालिकाको स्वास्थ्य परीक्षण गराएको छ ।

    प्रकाशित मिति :जेठ १९ २०७८ बुधवार - १३:२१:५२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij