Logo

२०८३ श्रावण २८ गते बिहिवार

२०८३ श्रावण २८ गते बिहिवार

डोरी नै नबाँधी पुलबाट बन्जी जम्प, २१ वर्षीया युवतीको मृत्यु

डोरी नै नबाँधी पुलबाट बन्जी जम्प, २१ वर्षीया युवतीको मृत्यु


  • 1.3K
    Shares

    डोरी नै नबाँधी पुलबाट बन्जी जम्प, २१ वर्षीया युवतीको मृत्यु
    images

    ब्राजिल । ब्राजिलको साओ पाउलो राज्यमा बन्जी जम्पिङका क्रममा एक दुःखद दुर्घटना भएको छ, जसमा २१ वर्षीया एक युवतीको मृत्यु भएको छ ।

    सञ्चारमाध्यमका अनुसार बन्जी जम्पिङ गराउने कर्मचारीहरूले ती युवतीलाई सुरक्षा डोरी नै नबाँधी पुलबाट फाल हाल्न लगाएका थिए, जसका कारण उनी १३० फिटभन्दा बढी गहिरो खोँचमा खसेकी थिइन् । प्रहरीले यस घटनाको अनुसन्धान सुरु गरिसकेको छ । मृतक युवतीको पहिचान मारिया एडुआर्डा रोड्रिग्स डी फ्रेटासको रूपमा भएको छ । उनी एक निजी कम्पनीद्वारा आयोजित बन्जी जम्पिङ गतिविधिमा सहभागी हुन पुगेकी थिइन् । यो दुर्घटना त्यहाँको 'स्केलेटन ब्रिज'मा भएको हो । 

    सामाजिक सञ्जालमा सार्वजनिक भएको एउटा भिडियोमा कर्मचारीहरूले ती युवतीलाई पुलको किनारमा लगेर तल खसालेको देखिन्छ । उनी खस्न थालेपछि मात्र त्यहाँ उपस्थित मानिसहरूले उनलाई सुरक्षा डोरी नबाँधिएको कुरा थाहा पाउँछन् । भिडिओमा धेरै मानिसहरू जोडले 'रोप' 'रोप' भन्दै चिच्याएको सुनिन्छ, तर त्यतिबेलासम्म धेरै ढिलो भइसकेको थियो र युवती गहिरो खोँचमा खसिसकेकी थिइन् । घटनापछि प्रहरीले अनुसन्धानका लागि घटनास्थलबाट ६ जनालाई नियन्त्रणमा लिएको छ । 
     

    दुर्घटना हुनुभन्दा केही समयअघि मारियाले आफ्नो सामाजिक सञ्जालमा उक्त स्थानका तस्बिरहरू पोस्ट गरेकी थिइन् । एउटा तस्बिरमा पुल र उनको जम्पिङ रिस्टब्यान्ड देखिएको थियो । तस्बिरको क्याप्सनमा उनले ठट्टा गर्दै लेखेकी थिइन्, 'आखिर कुन पागल मानिसले मलाई पुलबाट हाम फाल्न आउन दियो ।' रिपोर्टका अनुसार दुर्घटनाका समयमा मारियाका हुनेवाला पति पनि त्यहीँ उपस्थित थिए । युवतीको मृत्युको खबर सुनेपछि उनको स्वास्थ्य अवस्था बिग्रिएको र उनको उपचार गरिएको जनाइएको छ ।

    images
    प्रकाशित मिति :आषाढ १ २०८३ सोमवार - ०६:१५:३३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij