Logo

२०८३ श्रावण २८ गते बिहिवार

२०८३ श्रावण २८ गते बिहिवार

अमेरिका र इरानबिच शान्ति सम्झौता हुने ट्रम्पको दाबी

अमेरिका र इरानबिच शान्ति सम्झौता हुने ट्रम्पको दाबी


  • 1.1K
    Shares

    अमेरिका र इरानबिच शान्ति सम्झौता हुने ट्रम्पको दाबी
    images

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरानबिच जारी युद्ध अन्त्यका लागि आइतबार ऐतिहासिक सम्झौतामा हस्ताक्षर हुने दाबी गरेका छन् । यद्यपि, इरानले भने सम्झौताको समयलाई लिएर सावधानी र सन्देह व्यक्त गरेको छ ।

    राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ मार्फत सम्झौता लगत्तै विश्वको प्रमुख व्यापारिक जलमार्ग ‘स्ट्रेट अफ हर्मुज’ सबैका लागि खुला हुने जानकारी दिएका छन् । ट्रम्पको दाबी विपरीत इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघेईले हस्ताक्षरको मितिलाई लिएर सावधानी व्यक्त गरेका छन् । उनले सम्झौता आइतबार नै नहुने संकेत गर्दै निश्चित मितिका लागि प्रतीक्षा गर्नुपर्ने बताएका छन् ।

    अर्कोतर्फ, मध्यस्थकर्ताको भूमिकामा रहेको पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफले २४ घण्टाभित्र सम्झौता टुङ्गिने अपेक्षा गरिएको बताएका छन्। उनले पाकिस्तानले ‘इलेक्ट्रोनिक हस्ताक्षर’का लागि तयारी गरिरहेको र अर्को हप्ता प्राविधिक तहमा छलफल हुने जानकारी दिएका छन् ।

    इरानी विदेशमन्त्री सैयद अब्बास अराघ्चीका अनुसार यो सम्झौतामा लेबनानमा इजरायल र हिजबुल्लाहबीचको द्वन्द्व अन्त्य गर्ने विषय समेत समेटिएको छ । सम्झौतामा हर्मुज स्ट्रेट पुनः सञ्चालन गर्ने र इरानी बन्दरगाहहरूमा लगाइएको अमेरिकी नाकाबन्दी हटाउने उल्लेख छ। यद्यपि, इरानको परमाणु कार्यक्रमबारे वार्ता भने पछिल्लो चरणमा मात्र सुरु हुने बताइएको छ ।

    अमेरिकी अधिकारीहरूले इरानले पाउने आर्थिक लाभहरू तेहरानले आफ्ना प्रतिबद्धताहरू पूरा गरेमा मात्र निर्भर रहने स्पष्ट पारेका छन् ।

    गत फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमाथि गरेको आक्रमणबाट यो युद्ध सुरु भएको थियो । त्यसपछि इरानले पनि इजरायल र खाडीका अमेरिकी सहयोगी राष्ट्रहरूमाथि आक्रमण गर्नुका साथै विश्वकै तेल र ग्यास ढुवानीको मुख्य मार्ग हर्मुज स्ट्रेट बन्द गरेको थियो । गत अप्रिलमा युद्धविरामको सहमति भए पनि दुवै पक्षबिच आक्रमणहरू जारी थिए ।

    images
    प्रकाशित मिति :जेठ ३१ २०८३ आइतवार - १३:१६:०७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij