Logo

२०८३ श्रावण २८ गते बिहिवार

२०८३ श्रावण २८ गते बिहिवार

चर्चित हास्य कलाकार तथा ‘माग्ने बुढा’ के गर्दैछन् अमेरिकामा?

चर्चित हास्य कलाकार तथा ‘माग्ने बुढा’ के गर्दैछन् अमेरिकामा?


  • 1.5K
    Shares

    चर्चित हास्य कलाकार तथा ‘माग्ने बुढा’ के गर्दैछन् अमेरिकामा?
    images

    काठमाडौं । चर्चित हास्य कलाकार तथा ‘माग्ने बुढा’का रूपमा परिचित केदार घिमिरे करिब ६ महिनादेखि अमेरिकामा रहेका छन्। उनी ग्रीन कार्ड लिने प्रक्रियामा रहेको चर्चा चलिरहे पनि यसबारे उनले सार्वजनिक रूपमा कुनै प्रतिक्रिया दिएका छैनन्।

    केदार लामो समयसम्म नेपाल नफर्किने भएपछि दीपक–दीपा समूहको नयाँ फिल्म ‘छ माया छपक्कै २’ मा उनको स्थानमा अर्का कलाकारलाई लिइएको बताइएको छ।

    यता, ग्रीन कार्डसम्बन्धी चर्चाको उनकी श्रीमती तथा कलाकार सीतादेवी तिमल्सिनाले खण्डन गरेकी छन्। एक फिल्मको गीत सार्वजनिक कार्यक्रममा बोल्दै उनले छोरीको स्वास्थ्य अवस्था कमजोर भएका कारण केदार अमेरिका बसिरहेको बताइन्।

    पत्रकारले श्रीमानलाई कति मिस गर्नुहुन्छ भन्ने प्रश्न गर्दा उनले भनिन्, “मिस त अवश्य हुन्छ नै। तर मिस भयो भनेर आफ्नो कर्तव्यबाट विमुख हुनु पनि भएन। छोरीलाई स्वास्थ्यले अलि साथ नदिएका कारण उहाँ अमेरिका बसेर छोरीलाई सहयोग गरिरहनुभएको छ। यता मैले छोरालाई हेरिरहेकी छु, उता उहाँले छोरीलाई हेरिरहनुभएको छ।”

    images
    प्रकाशित मिति :जेठ ३१ २०८३ आइतवार - ११:२२:१२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij