Logo

२०८३ श्रावण २८ गते बिहिवार

२०८३ श्रावण २८ गते बिहिवार

वैदेशिक रोजगारीको सिलसिलामा २०८३ वैशाख महिनामा मात्र १५३ जना नेपालीको मृत्यु

वैदेशिक रोजगारीको सिलसिलामा २०८३ वैशाख महिनामा मात्र १५३ जना नेपालीको मृत्यु


  • 1.7K
    Shares

    वैदेशिक रोजगारीको सिलसिलामा २०८३ वैशाख महिनामा मात्र १५३ जना नेपालीको मृत्यु
    images

    काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो १० महिनामा वैदेशिक रोजगारीको सिलसिलामा झण्डै १३ सय नेपालीको मृत्यु भएको छ ।

    वैदेशिक रोजगार बोर्डको सचिवालयका अनुसार २०८२ साउन १ गतदेखि २०८३ वैशाख मसान्तसम्मको अवधिमा एक हजार २९४ जना नेपालीको मृत्यृ वैदेशिक रोजगारीका क्रममा भएको छ ।

    २०८३ वैशाख महिनामा मात्र १५३ जना नेपालीको मृत्यु भएको बोर्डको तथ्यांकले देखाउँछ । बोर्डको विवरणअनुसार पछिल्लो १० वर्ष १० महिनामा वैदेशिक रोजगारीका सिलसिलामा ११ हजार ९८८ जना नेपालीको मृत्यु भएको छ ।

    वैदेशिक रोजगारीका क्रममा आर्थिक वर्ष २०७२/७३ मा ८१६ जना, २०७३/७४ मा ७५६ जना, २०७४/७५ मा ८२१ जना, २०७५/७६ मा ७५४ जना र २०७६/७७ मा ६६१ जना नेपालीले ज्यान गुमाएका थिए ।

    यस्तै, आर्थिक वर्ष २०७७/७८ मा एक हजार २४२ जना, २०७८/७९ मा एक हजार ३९५ जना, २०७९/८० मा एक हजार २०८ जना, २०८०/८१ मा एक हजार ४५८ जना, २०८१/८२ मा एक हजार ५८३ जना र चालु आर्थिक वर्ष २०८२/८३ का पहिलो १० महिनामा एक हजार २९४ जना नेपालीको मृत्यु वैदेशिक रोजगारीको सिलसिलामा भएको बोर्डको तथ्यांकले देखाउँछ ।

    images
    प्रकाशित मिति :जेठ ३१ २०८३ आइतवार - ०६:११:१३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij