२०८२ भाद्र २ गते सोमवार
काठमाडौं। मुक्तिनाथ विकास बैंकले गत आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट १५.५१% लाभांश दिने भएको छ । बैंकको मंसिर २१ गते बसेको सञ्चालक समितिले ११.२५% बोनस शेयर र ४.२६% नगद लाभांश प्रस्ताव गरेको हो।
बैंकको हालको चुक्ता पुँजी ४ अर्ब ३२ करोड रुपैयाँ रहेको छ । प्रस्तावित बोनस शेयरपछि बैंकको चुक्ता पुँजी ४ अर्ब ८० करोड रुपैयाँ पुग्नेछ । बैंकले प्रस्ताव गरेको लाभांश राष्ट्र बैंकले स्वीकृत दिएसँगै साधारणसभा बोलाउन सक्ने छ ।
विकास बैंकमध्ये मुक्तिनाथ विकास बैंकको पुँजीका हिसाबले सबैभन्दा ठूलो बैंक हो । दोस्रो बजारमा यसको शेयर मूल्य ३९७ रुपैयाँ रहेको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij