२०८३ श्रावण २८ गते बिहिवार
काठमाडौं । साताको अन्तिम कारोबारको दिन शुक्रबार सुन चाँदीको मूल्य बढेको छ । हिजो उच्च गिरावट आएको सुन चाँदीको मूल्यमा आजभारी वृद्धि भएको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य ५ हजार ३ सय रुपैयाँले बढेको हो ।
योसँगै आज सुन प्रतितोला २ लाख ९२ हजार रुपैयाँ कायम भएको छ। हिजो सुन प्रतितोला २ लाख ८६ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो।
साथै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा १९० रुपैयाँले बढेको छ । यससँगै आज चाँदी ४८ सय ४० रुपैयाँ कायम भएको छ। हिजो चाँदी तोलाको ४६ सय ५० रुपैयाँमा कारोबार भएको थियो।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij