Logo

२०८२ आश्विन २८ गते मंगलवार

२०८२ आश्विन २८ गते मंगलवार

आज पनि एमाले स्थायी कमिटी बैठक बस्दै, के होला निर्णय ?

आज पनि एमाले स्थायी कमिटी बैठक बस्दै, के होला निर्णय ?


  • 6.0K
    Shares

    आज पनि एमाले स्थायी कमिटी बैठक बस्दै, के होला निर्णय ?
    images

    काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को स्थायी कमिटी बैठक आज पनि बस्दै छ । प्रधानमन्त्री निवास बालुवाटारमा अपरान्ह ४ बजे बैठक बोलाइएको एक नेताले जानकारी दिए ।

    आजको बैठकमा के-के विषयमा छलफल हुनेछ भन्ने खुलाइएको छैन । पछिल्लो समय एमाले अध्यक्ष एंव प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपाल पक्षसँग संवाद अघि बढाएका छन् ।

    यसअघि मंगलबार पनि एमाले स्थायी कमिटी बैठक बसेको थियो । ओली पक्षीय स्थायी कमिटी सदस्यहरूमात्र उपस्थित उक्त बैठकले पार्टी एकताका लागि अन्तिमसम्म प्रयास जारी राख्ने निर्णय गरेको थियो ।

    नेपाल पक्षले भने पार्टी एकताका लागि कुनै ठोस प्रगति भइनसकेको बताएको छ । 'ुसोमबार राति कुराकानी भएको हो त्यसयता कुनै प्रगति भएको छैन,' नेपाल पक्षीय नेता सुरेन्द्र पाण्डेले भने ।

    यसअघि ओली र नेपाल पक्षीय दोस्रो तहका नेताहरूले सोमबार राति पार्टी एकताबारे दरबारमार्गस्थित एक होटलमा झन्डै चार घन्टा छलफल गरेका थिए ।   

    प्रकाशित मिति :जेठ १९ २०७८ बुधवार - ११:०९:०२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij