Logo

२०८३ श्रावण २८ गते बिहिवार

२०८३ श्रावण २८ गते बिहिवार

आज कुन तरकारीको भाउ कति?

आज कुन तरकारीको भाउ कति?


  • 1.2K
    Shares

    आज कुन तरकारीको भाउ कति?
    images

    काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बिहीबार) का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ। कालीमाटीमा आज भन्टा, गोलभेँडा, बोडी, लौका, परबलसहितका तरकारीको भाउ घटेको छ। तर, च्याउसहितका केही तरकारीको भाउ भने बढेको समितिले जनाएको छ।  

    कालीमाटीमा आज ठूलो भारतीय गोलभेँडा ६५, ठूलो नेपाली गोलभेँडा ५५, सानो लोकल गोलभेँडा १५, रातो आलु लाम्चो ३६, भारतीय सुकेको प्याज ४१, लोकल गाँजर ९१, लोकल बन्दा ५५, स्थानीय काउली ५०, हाइब्रिड मुला १७, लाम्चो भन्टा ३१, डल्ले भन्टा ३६ रुपैयाँ प्रतिकिलो छ।

    त्यसैगरि तनेबोडी २५, मकै बोडी ३५, करेला ३६, लौका ४६, लोकल परबल ३६, हरियो डल्ले फर्सी ३५, पाकेको फर्सी ५५, कन्य च्याउ २२८, डल्ले च्याउ ३२८, कुरिलो ३२५ रुपैयाँ प्रतिकिलो छ।

    कालीमाटीमा हिजो ठूलो भारतीय गोलभेँडा ६५, ठूलो नेपाली गोलभेँडा ५५, सानो लोकल गोलभेँडा ३३, रातो आलु लाम्चो ३६, भारतीय सुकेको प्याज ४१, लोकल गाँजर ९२, लोकल बन्दा ५६, स्थानीय काउली ६३, हाइब्रिड मुला १७, लाम्चो भन्टा ३४, डल्ले भन्टा ४६ रुपैयाँ प्रतिकिलो थियो।

    त्यसैगरि तनेबोडी २६, मकै बोडी ४३, करेला ३३, लौका ५५, लोकल परबल ४३, हरियो डल्ले फर्सी ३५, पाकेको फर्सी ५५, कन्य च्याउ २०७, डल्ले च्याउ ३२६, कुरिलो ३२६ रुपैयाँ प्रतिकिलो थियो।

    हेर्नुहोस् तरकारी तथा फलफूलहरूको आजको मूल्यसूची

     

    images
    प्रकाशित मिति :जेठ २८ २०८३ बिहिवार - ०९:४९:०३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij