Logo

२०८३ श्रावण २८ गते बिहिवार

२०८३ श्रावण २८ गते बिहिवार

सर्वसाधारणका लागि आजदेखि सर्वोत्तमको आइपिओ खुल्यो

सर्वसाधारणका लागि आजदेखि सर्वोत्तमको आइपिओ खुल्यो


  • 1.3K
    Shares

    सर्वसाधारणका लागि आजदेखि सर्वोत्तमको आइपिओ खुल्यो
    images

    काठमाडौं । सर्वसाधारणका लागि सर्वोत्तम पेन्ट्स इण्डष्ट्रिज लिमिटेडले आज (बिहीबार) देखि आइपिओ बिक्री खुला गरेको छ।

    कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आइपिओ निष्कासन गरी बाँडफाँटपछि दोस्रो चरणमाा सर्वसाधारण लगानीकर्ताका लागि निष्कासन गरेको हो।

    कम्पनीले आफ्नो जारी पुँजी ३४ करोड रूपैयाँको २५ प्रतिशत अर्थात् ८ करोड ५० लाख रूपैयाँ बराबरको ८ लाख ५० हजार कित्ता आइपिओ निष्कासन गर्ने अनुमति पाएको थियो। 

    सोमध्ये १० प्रतिशत अर्थात ८५ हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरी बाँडफाँट गरिसकेको छ।

    त्यस्तै, कम्पनीले ४२ हजार कित्ता सेयर सामूहिक लगानी कोषहरूमा बाँडफाँट गरिसकेको छ।

    दोस्रो चरणमा कम्पनीले १७ हजार कित्ता सेयर कर्मचारीहरूका लागि छुट्याई बाँकी रहेको ७ करोड ५ लाख ५० हजार रूपैयाँ बराबरको ७ लाख ५ हजार ५०० कित्ता सेयर सर्वसाधारण लगानीकर्ताहरूका लागि निष्कासन गरेको हो।

    कम्पनीको आइपिओमा न्यूनतम १० कित्ता सेयरका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा ५ हजार कित्तासम्म आवेदन दिन सकिनेछ। लगानीकर्ताहरूले असार २ गतेसम्म कम्पनीको आइपिओमा आवेदन दिन सक्नेछन्। सो अवधिसम्ममा सम्पूर्ण कित्ताका लागि आवेदन नपरेमा बिक्री अवधि असार ११ गतेसम्म लम्बिनेछ।

    कम्पनीलाई केयर रेटिङ नेपालले 'केयर एनपी डबल बी माइनस इस्युअर' रेटिङ प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत जनाउँछ। कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ। 

    लगानीकर्ताहरूले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरू तथा सिडिएस एण्ड क्लियरिङ लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर 'मेरो सेयर' अनलाइन प्रयोग गरी सी–आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन्।

    images
    प्रकाशित मिति :जेठ २८ २०८३ बिहिवार - ०९:३५:३४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij