२०८३ श्रावण २८ गते बिहिवार
काठमाडौं । साताको चौथो कारोबारको दिन बुधबार नेपाली बजारमा सुन चाँदीको मूल्यमा भारी गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य १० हजार १ सय रुपैयाँले घटेको हो ।
योसँगै आज सुन प्रतितोला २ लाख ९१ हजार ८ सय रुपैयाँ कायम भएको छ। हिजो सुन प्रतितोला ३ लाख १ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो।
साथै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी तोलामा १८५ रुपैयाँले घटेको छ । यससँगै आज चाँदी ४७ सय ४० रुपैयाँ कायम भएको छ। हिजो चाँदी तोलाको ४९ सय २५ रुपैयाँमा कारोबार भएको थियो।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij