Logo

२०८३ श्रावण २८ गते बिहिवार

२०८३ श्रावण २८ गते बिहिवार

नेपाली बजारमा लिपमोटर बी१० को टप भेरियन्ट अब सस्तो मूल्यमा

नेपाली बजारमा लिपमोटर बी१० को टप भेरियन्ट अब सस्तो मूल्यमा


  • 1.4K
    Shares

    नेपाली बजारमा लिपमोटर बी१० को टप भेरियन्ट अब सस्तो मूल्यमा
    images

    काठमाडौं ।  नेपालका लागि लिपमोटर गाडीहरूको आधिकारिक वितरक सांग्रिला मोटर्सले लिपमोटर बी१० टप भेरियन्टको परिमार्जित मूल्य आधिकारिक रूपमा घोषणा गरेको छ। 

    नेपालको नयाँ कर संरचना लागू भएसँगै गाडीको मूल्य २०२६ मोडलका लागि साविकको लाखबाट घटाएर  ५४.९९ लाख अर्थात् साविकको मूल्यभन्दा ५ लाख कम कायम गरिएको कम्पनीले जनाएको छ। 

    यो परिमार्जित मूल्यले स्मार्ट र प्रविधिमैत्री इलेक्ट्रिक एसयूभी खोजिरहेका ग्राहकहरूका लागि लिपमोटर बी१० लाई थप पहुँचयोग्य बनाउने सांग्रिला मोटर्सका निर्देशक जय गोल्छाले विश्वास व्यक्त गरे । 

    लिपमोटर बी१०ले आधुनिक एसयूभी प्याकेजमा इन्टेलिजेन्ट टेक्नोलोजी, प्रिमियम आराम र उत्कृष्ट कार्यक्षमतालाई संयोजन गरेको कम्पनीको भनाइ छ । यसको टप भेरियन्ट ६७.१ किलोवाट आवर क्षमताको एलएफपी ब्याट्री र १६० किलोवाट मोटर पावरका साथ उपलब्ध रहेको जनाइएको छ ।

    images
    प्रकाशित मिति :जेठ २६ २०८३ मंगलवार - १०:३५:५२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij