२०८३ श्रावण २८ गते बिहिवार
काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडका इलाम, बिर्तामोड, चन्द्रगढी र दमक शाखाको संयुक्त आयोजनामा अभिकर्ता प्रशिक्षण, व्यवसायिक योजना निर्माण तथा यस आर्थिक वर्षको लक्ष्य पुरा गर्ने विशेष योजना सहितको कार्यक्रम बिर्तामोडमा भव्य रूपमा सम्पन्न भएको छ।
कार्यक्रममा कम्पनीको केन्द्रीय कार्यालयबाट केन्द्रीय प्रशिक्षण विभाग प्रमुख डा.योगेन्द्र खतिवडा प्रमुख अतिथिको रूपमा सहभागी थिए । त्यसैगरी प्रदेश प्रमुख सुदीश कुमार गुप्ता को विशेष उपस्थिति रहेको थियो। कार्यक्रम बिर्तामोड शाखा प्रमुख नानिबाबु आचार्यले संचालन गरेका थिए ।
कार्यक्रममा इलाम शाखा प्रमुख प्रवेश पराजुली, चन्द्रगढी शाखा प्रमुख गिरवान भट्टराई, बिर्तामोड शाखा प्रमुख नानीबाबु आचार्य तथा दमक शाखा प्रमुख जीवा राई लगायतको उल्लेखनीय उपस्थिति रहेको थियो।
डेढ सयभन्दा बढी अभिकर्ता तथा अभिकर्ता लिडर्सहरूको उत्साहजनक सहभागिता रहेको उक्त कार्यक्रममा जीवन बीमा व्यवसायको वर्तमान अवस्था, यस आर्थिक वर्षको ब्यवसाहिक लक्ष्य, व्यवसाय विस्तारका रणनीति, नेतृत्व विकास तथा ग्राहक सेवाको गुणस्तर अभिवृद्धिका विषयमा विस्तृत छलफल गरिएको थियो।
साथै सहभागीहरूबीच अनुभव आदानप्रदान गर्दै प्रभावकारी व्यवसायिक योजना निर्माणमा समेत जोड दिइएको थियो।
प्रमुख अतिथि डा. खतिवडाले अभिकर्ताहरूको क्षमता अभिवृद्धि, व्यावसायिक दक्षता र ग्राहकप्रतिको जिम्मेवारीलाई अझ सुदृढ बनाउँदै कम्पनीको लक्ष्य प्राप्तिमा सक्रिय भूमिका निर्वाह गर्न आग्रह गरे ।
प्रदेश प्रमुख गुप्ताले बजारको बदलिँदो आवश्यकता अनुरूप नवीन सोच र योजनाका साथ अघि बढ्न अभिकर्ताहरूलाई प्रेरित गरे ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij