२०८३ श्रावण २८ गते बिहिवार
काठमाडौं । साताको दोस्रो कारोबारको दिन सोमबार नेपाली बजारमा सुनको मूल्य सामान्य घटेको छ भने चाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य ९ सय रुपैयाँले घटेको हो ।
योसँगै आज सुन प्रतितोला २ लाख ९९ हजार ९ सय रुपैयाँ कायम भएको छ। हिजो सुन प्रतितोला ३ लाख ८ सय रुपैयाँमा कारोबार भएको थियो।
साथै, आज चाँदीको मूल्य भने बढेको छ । आज चाँदी तोलामा १० रुपैयाँले बढेको छ । यससँगै आज चाँदी ४९ सय ५ रुपैयाँ कायम भएको छ। हिजो चाँदी तोलाको ४८ सय ९५ रुपैयाँमा कारोबार भएको थियो।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij