Logo

२०८३ कार्तिक २ गते आइतवार

२०८३ कार्तिक २ गते आइतवार

प्रधानमन्त्री बालेनले फेसबुकमा ‘पीएमको नम्बर’ मागेपछि...

प्रधानमन्त्री बालेनले फेसबुकमा ‘पीएमको नम्बर’ मागेपछि...


  • 1.1K
    Shares

    प्रधानमन्त्री बालेनले फेसबुकमा ‘पीएमको नम्बर’ मागेपछि...
    images

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले सामाजिक सञ्जाल फेसबुकमा एक व्यङ्ग्यात्मक स्टाटस लेख्दै आफूलाई पनि राजदूत बन्ने इच्छा रहेको भन्दै प्रधानमन्त्रीको नम्बर मागेका छन्। 

    प्रधानमन्त्री शाहले शनिबार मध्यराति फेसबुकमा रोमानियन नेपालीमा लेखेका छन्, मलाई पनि एम्बासडर (राजदूत) बन्न मन छ, पीएम (प्रधानमन्त्री) को नम्बर छ भने यसो दिनुस् नरुरुू प्रधानमन्त्री आफैँले पीएमको नम्बर मागेर गरेको यो अनौठो र रहस्यमय पोस्टले सुरुमा धेरैलाई अलमलमा पारे पनि यसको भित्री सन्दर्भ भने चाखलाग्दो छ। 

    उपराष्ट्रपति कार्यालयका सचिव कृष्णहरि पुष्करले आफू असार २४ गते अनिवार्य अवकाशमा जाने भएकाले त्यसअघि राजदूत बन्ने चाहना राख्दै प्रधानमन्त्री शाहलाई एसएमएस गरेका थिए।

    प्रधानमन्त्रीको सचिवालयले यस कार्यलाई गम्भीरतापूर्वक लिँदै कूटनीतिक मर्यादा र पदको दुरुपयोग भएको ठहर गर्दै सचिव पुष्करलाई प्रहरी लगाएर केरकार र सोधपुछ गराएको थियो। तत्पश्चात उनलाई उपराष्ट्रपति कार्यालयबाट हटाएर प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको अतिरिक्त समूहमा तानिएको छ। 

     

    प्रकाशित मिति :जेठ २४ २०८३ आइतवार - ११:४१:५८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij