Logo

२०८३ श्रावण २८ गते बिहिवार

२०८३ श्रावण २८ गते बिहिवार

ओमानमाथि नेपालको सानदार जित, ८ विकेटले हराउँदै फाइनलमा प्रवेश

ओमानमाथि नेपालको सानदार जित, ८ विकेटले हराउँदै फाइनलमा प्रवेश


  • 1.0K
    Shares

    ओमानमाथि नेपालको सानदार जित, ८ विकेटले हराउँदै फाइनलमा प्रवेश
    images

    काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोली सिंगापुरमा जारी एसियाली खेलकुद छनोट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। आइतबार बिहान सिंगापुरको सिंगा ओभल ग्राउन्डमा भएको सेमिफाइनल खेलमा ओमानलाई ८ विकेटको फराकिलो अन्तरले पराजित गर्दै नेपालले फाइनलको यात्रा तय गरेको हो।

    ओमान १९.४ ओभरमा ९४ रनमै अलआउट भयो। ओमानका लागि कप्तान सुफ्यान महमुदले सर्वाधिक ३८ रन बनाए भने जुबाइर अली अकबरले २२ र अब्दुलजलिल खानले १६ रन जोड्नु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन छुन सकेनन्।

    ओमानलाई सस्तैमा समेट्न नेपालका करण केसीले घातक बलिङ गर्दै ३ विकेट लिए। यस्तै, सोमपाल कामी र सन्दीप लामिछानेले २-२ विकेट चट्काए भने साहब आलम, कुशल मल्ल र दीपेन्द्रसिंह ऐरीको नाममा १-१ विकेट रह्यो।

    ९५ रनको सामान्य लक्ष्य पछ्याएको नेपालले मात्र ९.२ ओभरमा २ विकेट गुमाएर सहजै जित हासिल गर्‍यो। नेपालको जितमा लोकेश बमले विष्फोटक ब्याटिङ गर्दै २६ बलमा ७ चौका र १ छक्काको मद्दतले अविजित ४४ रनको योगदान दिए। यस्तै, कप्तान रोहित पौडेलले २१ रनको अविजित इनिङ खेल्दा ओपनर कुशल भुर्तेलले २० रन बनाए। 

    अब नेपालले उपाधिका लागि सोमबार हुने दोस्रो सेमिफाइनल अन्तर्गत हङकङ र मलेसियाबिचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ।

    images
    प्रकाशित मिति :जेठ २४ २०८३ आइतवार - ११:२५:०७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij