Logo

२०८३ श्रावण २८ गते बिहिवार

२०८३ श्रावण २८ गते बिहिवार

सुनको मूल्यमा भारी गिरावट, एकै तोलामा घट्यो ८ हजार २०० रुपैयाँ

सुनको मूल्यमा भारी गिरावट, एकै तोलामा घट्यो ८ हजार २०० रुपैयाँ


  • 2.0K
    Shares

    सुनको मूल्यमा भारी गिरावट, एकै तोलामा घट्यो ८ हजार २०० रुपैयाँ
    images

    काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतबार नेपाली बजारमा सुन चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य ८ हजार २ सय रुपैयाँले घटेको हो ।

    योसँगै आज सुन प्रतितोला ३ लाख ८ सय रुपैयाँ कायम भएको छ। गत शुक्रबार सुन प्रतितोला ३ लाख ९ हजार रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै, आज १० ग्राम सुनको मूल्य २ लाख ५७ हजार ८९० रुपैयाँ तोकिएको छ।

    साथै, आज चाँदीको मूल्य घटेको छ । आज चाँदी तोलामा ३३५ रुपैयाँले घटेको छ । यससँगै आज चाँदी ४८ सय ९५ रुपैयाँ कायम भएको छ। गत शुक्रबार चाँदी तोलाको ५२ सय ३० रुपैयाँमा कारोबार भएको थियो। महासंघका अनुसार आज १० ग्राम चाँदीको मूल्य ४ हजार १९७ रुपैयाँ कायम गरिएको छ।

    images
    प्रकाशित मिति :जेठ २४ २०८३ आइतवार - ११:१४:४० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij