Logo

२०८३ श्रावण २८ गते बिहिवार

२०८३ श्रावण २८ गते बिहिवार

आजको राशिफलः २०८३ जेठ २३ गते शनिवार

आजको राशिफलः २०८३ जेठ २३ गते शनिवार


  • 1.2K
    Shares

    आजको राशिफलः २०८३ जेठ २३ गते शनिवार
    images

    आज २०८३ जेठ २३ गते शनिबार, अधिक जेठ कृष्ण षष्ठी, शक संवत् १९४७, नेपाल संवत् ११४६,  Jun 06, 2026 

    मेष - अधुरो काम पूरा हनेछ । वैदेशिक कार्य अघि बढ्नेछ । मौनता अपनाउनु राम्रो । पारिवारिक कलहको सम्भावना छ, शान्त रहनु बुद्धिमानी हुनेछ ।

    बृष- जग्गा खरिद विक्रीका लागि तपाईको आजको दिन शुभ हुनेछ । नाक तथा घाँटीमा समस्या आउला । मनमा प्रशन्नता । पारिवारिक कलह ।

    मिथुन- नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । धार्मिक कार्य सफल रहनेछ । प्रेम सम्बन्ध कसिलो होला । आज तपाईका लागि रमाइलो दिन छ ।

    कर्कट- रिसलाई बसमा राख्नु बुद्धिमतापूर्ण हुनेछ । आँटेको र ताकेको कार्य पुरा होला । बोलीको प्रभाव पनि बढ्नेछ । यात्रामा सावधानी अपनाउनु पर्नेछ ।

    सिंह- दाम्पत्य जीवन सुखमय देखिन्छ । अध्ययन अध्यापनमा रुची बढ्ने छ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । दिनको उत्तरार्ध सुखद् रहनेछ । निर्णयमा अडिक रहनुस् ।

    कन्या- स्वास्थयमा सामान्य समस्या देखिन सक्ला । अनावश्यक खर्च बढ्न सक्छ । धार्मिक यात्राको योग । मनमा शान्ति मिल्नेछ। दाम्पत्य जीवन सुखमय हुनेछ ।

    तुला- वैदेशिक यात्राको अवसर मिल्नेछ । केही कुरा बोल्नु अगाडि विचार गर्नुहोला । केटा तथा केटी साथीबाटा टाढा रहनुहोला । मनमा चिन्ता । धार्मिक यात्राबाट आनन्दी ।

    बृश्चिक- पारिवारिक कलहको सम्भावना छ, शान्त रहनु बुद्धिमानी हुनेछ । अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला । महत्वपूर्ण अवसर गुम्न सक्छ ।

    धनु- मनलाई दरिलो बनाई गरिएको निर्णय आफ्नै हितमा हुनेछ । महत्वपूर्ण अवसर गुम्न सक्नेछ । राजनैतिक कार्यमा बाधा आउनेछ । नजिकको व्यक्तिबाट धोका पाइन सक्नेछ सचेत रहनुहोला ।

    मकर- जोखिमपूर्ण चुनौतीको सामना गर्दा तपाईलाई आज शुभ हुने योग छ । केही कुरा बोल्नु अगाडि विचार गर्नुहोला, तपाइका साथी र आफन्तलाई ठेस पुग्न सक्छ ।

    कुम्भ- सिर्जनात्मक काममा हात हाल्नुहोला । माया प्रेममा सुमधुरता । राम्रो सहयात्रीको मिलन हुने सम्भावना छ । बाहिर खानु अघि विचार गर्नुहोला, स्वास्थ्यमा समस्या आउँन सक्छ ।

    मीन- अभिभावकको आशीर्वाद मनन गर्नुहाेला । कुनै पनि व्यावसायिक काममा व्यस्त रहनुहोस्, महत्वपूर्ण कार्यहरु सम्पादन गर्दा फलदायी हुनेछ ।

    images
    प्रकाशित मिति :जेठ २३ २०८३ शनिवार - ०४:३२:०५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij