Logo

२०८३ श्रावण २८ गते बिहिवार

२०८३ श्रावण २८ गते बिहिवार

नेपालमा सुरु भयो उबरको सेवा, बाइक र कार दुवै उपलब्ध

नेपालमा सुरु भयो उबरको सेवा, बाइक र कार दुवै उपलब्ध


  • 1.0K
    Shares

    नेपालमा सुरु भयो उबरको सेवा, बाइक र कार दुवै उपलब्ध
    images

    काठमाडौं । विश्वप्रसिद्ध राइड-हेलिङ सेवा प्रदायक कम्पनी उबरले नेपालमा आफ्नो आधिकारिक सेवा सुरु गरेको घोषणा गरेको छ।

    नेपाल एसिया(प्रशान्त क्षेत्रमा उबरको ११औँ बजार बनेको छ भने दक्षिण एसियामा पछिल्लो एक दशकयता कम्पनीले प्रवेश गरेको पहिलो नयाँ बजार पनि बनेको छ। उबरले नेपालमा चारपाङ्ग्रे सवारीका लागि उबर गो र उबर कन्फर्ट तथा दुईपाङ्ग्रे सवारीका लागि बाइक सेवा उपलब्ध गराएको जनाएको छ। 

    उबरका एपीएसी क्षेत्रीय महाप्रबन्धक डोनिक टेलरले नेपाललाई तीव्र गतिमा डिजिटल रूपान्तरण भइरहेको, सहरी गतिशीलता विस्तार भइरहेको तथा पर्यटन क्षेत्र बढ्दो सम्भावना बोकेको बजारका रूपमा वर्णन गरेका छन्। उनका अनुसार अन्तर्राष्ट्रिय पर्यटक तथा स्वदेशी यात्रुका लागि सहज आवागमनको व्यवस्था हुनु पर्यटन प्रवर्द्धनका लागि सकारात्मक कदम हुनेछ।

    उबर हाल विश्वका ७० भन्दा बढी देशमा सञ्चालनमा रहेको छ। कम्पनीले नेपालमा स्मार्टफोनको बढ्दो प्रयोग, सहरी यातायातको बढ्दो माग तथा पर्यटन क्षेत्रको विस्तारलाई ध्यानमा राख्दै सेवा सुरु गरेको जनाएको छ। 

     

    images
    प्रकाशित मिति :जेठ २२ २०८३ शुक्रवार - १३:४०:४३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij