Logo

२०८२ भाद्र १२ गते बिहिवार

२०८२ भाद्र १२ गते बिहिवार

चोरी गरेको ४ वटा मोटरसाइकल र दुई वटा स्कुटरसहित २ युवा पक्राउ

चोरी गरेको ४ वटा मोटरसाइकल र दुई वटा स्कुटरसहित २ युवा पक्राउ


  • 5.5K
    Shares

    चोरी गरेको ४ वटा मोटरसाइकल र दुई वटा स्कुटरसहित २ युवा पक्राउ
    images

    काठमाडौं । मोटरसाइकल चोरेको आरोपमा प्रहरीले कोटेश्वर स्थित नरेफाँटबाट दुईजना युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्साको बीरगञ्जस्थित परवानीपुर घर भएका १८ वर्षीय बिकास थापा मगर र २१ वर्षीय विशाल थापा मगर छन् ।

    महानगरीय प्रहरी प्रभाग कोटेश्वरका इन्सपेक्टर सुरेशराज भट्ट नेतृत्वको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । चोरी गरेको ४ वटा मोटरसाइकल र दुई वटा स्कुटर प्रहरीले बरामद गरेको छ ।

    उनीहरुको नरेफाँटमा डेरा छ । चार दिनअघि नरेफाँटबाट मोटरसाइकल हराएको सूचना पाएपछि प्रहरीले चोरीमा संलग्नको खोजी थालेको थियो । बिकास र विशाल दैनिक मोटरसाइकल फेरेर हिँड्थे ।

    काठमाडौंको तीनकुने र नरेफाँट तथा भक्तपुर र ललितपुरबाट पनि उनीहरुले मोटरसाइकल चोरी गरेको प्रहरी अनुसन्धानबाट थाहा भएको छ । 

    उनीहरुमाथि चोरी मुद्दामा अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (एसपी) रमेश बस्नेतले बताए । 

    प्रकाशित मिति :जेठ १८ २०७८ मंगलवार - १३:३५:४३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij