Logo

२०८३ कार्तिक २ गते आइतवार

२०८३ कार्तिक २ गते आइतवार

‘वेटिङ फर डेथ’नामबाट टिकटकमा भाइल रिया विश्वकर्माको सर्पको टोकाइबाट मृत्यु

‘वेटिङ फर डेथ’नामबाट टिकटकमा भाइल रिया विश्वकर्माको सर्पको टोकाइबाट मृत्यु


  • 778
    Shares

    ‘वेटिङ फर डेथ’नामबाट टिकटकमा भाइल रिया विश्वकर्माको सर्पको टोकाइबाट मृत्यु
    images

    काठमाडौं । ‘वेटिङ फर डेथ’ नामबाट टिकटक भाइरल बनेकी कपिलवस्तुकी एक किशोरीको सर्पको टोकाइबाट मृत्यु भएको छ।  कपिलपस्तु नगरपालिका–१ मलाटोलकी १६ वर्षीया रिया बर्माको सर्पले डसेर मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ।

    सामाजिक सञ्जाल टिकटकमा उनले आफ्नो परिचय नै ‘वेटिङ फर डेथ’ अर्थात् ‘मृत्युको पर्खाइमा’ राखेकी थिइन्। गएको बुधबार मध्यरातमा घरमा सुतिरहेको बेला विषालु सर्पले डसेर उनको मृत्यु भएको हो। 

    विषालु सर्पले उनलाई खुट्टाको तीन ठाउँमा टोकेको पाइएको चिकित्सकले बताएका छन्। सर्पले डसेपछि अभिभावकले उनलाई तत्काल सदरमुकाम तौलिहवास्थित कपिलवस्तु अस्पताल पुर्‍याएका थिए। थप उपचारका लागि गोरुसिङ्गेस्थित सर्पदंश उपचार केन्द्रमा पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका हुन्। 

    रिया तौलेश्वरनाथ संस्कृत माध्यमिक विद्यालयबाट भर्खरै एसईई उत्तीर्ण गरी कक्षा ११ मा अध्ययन गर्ने तयारीमा थिइन्। रिया परिवारकी एक्ली छोरी थिइन्। 

    प्रकाशित मिति :जेठ २२ २०८३ शुक्रवार - ११:३५:३१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij