Logo

२०८२ भाद्र १२ गते बिहिवार

२०८२ भाद्र १२ गते बिहिवार

नेपाल–भारत सीमा क्षेत्रमा पुरुषको शव फेला

नेपाल–भारत सीमा क्षेत्रमा पुरुषको शव फेला


  • 4.9K
    Shares

    नेपाल–भारत सीमा क्षेत्रमा पुरुषको शव फेला
    images

    विराटनगर । नेपाल–भारत सीमा क्षेत्रअन्तर्गत मोरङको रतुवामाई नगरपालिका–२ यादव टोलमा मंगलबार बिहान एक पुरुषको शव फेला परेको छ ।

    अन्दाजी २५/३० वर्षको जस्तो देखिने पुरुषको पहिचान हुन नसकिरहेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले जानकारी दिए। 

    उनका अनुसार घोप्टो परेको अवस्थामा शव भेटेपछि स्थानीय बासिन्दाले प्रहरीलाई खबर गरेका हुन् । मृतक नेपाली हुन कि भारतीय नागरिक भन्ने पनि खुल्न बाँकी छ।  

    सीमा क्षेत्रको दशगजानजिक शव भेटिएको राईले बताए । उनका अनुसार दशगजाबाट घटनास्थल लगभग एक सय ५० मिटरजति नेपालतर्फ पर्छ । मृतकको पहिचान खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

    शव भेटिएको स्थान वरपर वस्ती पनि कम छ । शंकास्पद अवस्थामा पुरुषको शव भेटिएपछि घटनाको गम्भीर रुपले अनुसन्धान थालिएको जानकारी डीएसपी राईले दिए ।  

    प्रकाशित मिति :जेठ १८ २०७८ मंगलवार - १३:०७:४६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij