२०८३ श्रावण २८ गते बिहिवार
काठमाडौँ । साताको कारोबारको पाँचौँ दिन बिहीबार सुनको मूल्य घटेको छ । कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला दुई सय रुपैयाँले घटेको हो ।
कारोबारको अघिल्लो दिन प्रतितोला तीन लाख ११ हजार तीन सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज दुई सय रुपैयाँले घटेर तीन लाख ११ हजार एक सय रुपैयाँमा कारोबार भईरहेको छ ।
यता चाँदीको मूल्य ८५ रुपैयाँले घटेर प्रतितोला ५२८५ रुपैयाँमा कारोबार भईरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रति १० ग्राम छापावाला सुनको मूल्य दुई लाख ६६ हजार ७ सय २० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य ४५३१ रुपैयाँ कायम भएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij