Logo

२०८२ भाद्र ४ गते बुधवार

२०८२ भाद्र ४ गते बुधवार

समस्या कालो कोटमा होइन, कालो सोचमा छ : विश्वप्रकाश शर्मा

समस्या कालो कोटमा होइन, कालो सोचमा छ : विश्वप्रकाश शर्मा


  • 15.5K
    Shares

    समस्या कालो कोटमा होइन, कालो सोचमा छ : विश्वप्रकाश शर्मा

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटनसम्बन्धी मुद्दाको बहसमा सहभागी विपक्षी वकिलको आलोचना गरेपछि नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले प्रतिवाद गरेका छन् ।

    विपक्षी गठबन्धन तर्फका अधिवक्ताहरूले सर्वोच्च अदालतले गठन गरेको संवैधानिक इजलासप्रति नै प्रश्न उठाएपछि सोमबार प्रधानमन्त्री ओलीले ‘कालो कोटधारी’ अराजक भएको आरोप लगाएका थिए ।

    यसैको प्रतिवाद गर्दै कांग्रेस प्रवक्ता शर्माले समस्या कालो कोटमा होइन, कालो सोचमा भएको टिप्पणी गरेका हुन् । यस्तै प्रधानमन्त्री ओलीले संसद् विघटनविरुद्ध अभिव्यक्ति दिने पूर्व प्रधानन्यायाधीशहरूको पनि आलोचना गरेका थिए । 

    ‘अरू बोले अराजक अभिव्यक्ति, आफू बोले अभिव्यक्ति स्वतन्त्रता,’ प्रवक्ता शर्माले भनेका छन्, ‘विवेक बोल्ने पूर्व प्रधानन्यायाधीशहरू आउटडेटेड अनि आफ्नो आउटडेटेड राजनीतिक दर्शन चैं दिव्यज्ञान !’

    प्रवक्ता शर्माले प्रधानमन्त्रीजस्तो उच्च पदको गरिमा खस्काउने अभिव्यक्ति नदिन पनि ओलीलाई चेतावनी दिएका छन् । ‘सम्माननिय व्यक्तिको पहिचान अभिव्यक्तिमा हुन्छ, देशको प्रधानमन्त्री पदको गरिमा खस्काउने अभिव्यक्ति रोकौं अब,’ उनले भनेका छन् ।

    प्रकाशित मिति :जेठ १८ २०७८ मंगलवार - १२:२१:५६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij