Logo

२०८३ श्रावण २८ गते बिहिवार

२०८३ श्रावण २८ गते बिहिवार

उजुरीको १२ घण्टाभित्रै साउदीबाट नेपालीको उद्धार

उजुरीको १२ घण्टाभित्रै साउदीबाट नेपालीको उद्धार


  • 1.5K
    Shares

    उजुरीको १२ घण्टाभित्रै साउदीबाट नेपालीको उद्धार
    images

    काठमाडौं । साउदी अरबमा अलपत्र परेका कैलाश अधिकारीलाई उद्धार गरी आज स्वदेश फर्काइएको छ ।

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा गुनासो आएको १२ घण्टा भित्रमा एक्सन लिएर कार्यालयले उद्धार गरेको प्रधानमन्त्री बालेन्द्र शाहका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले जानकारी दिइन् । 

    उनले सम्झौता अनुसारको तलब र सेवासुविधा नपाई कठिनाइ भोगिरहेको भन्दै गुनासोसहितको उजुरी कार्यालय आएको थियो ।

    मङ्गलबार सामाजिक सञ्जाल फेसबुकमा शिवन्तराज अधिकारी नामक खातामार्फत कैलाशको दयनीय अवस्था, सुरक्षित आवासको अभाव र श्रम शोषणसम्बन्धी गुनासो सार्वजनिक भएको थियो । हाल कैलाशलाई आवश्यक परामर्श, सहयोग र संरक्षणमा राखिएको छ ।

    प्रधानमन्त्री कार्यालयका अनुसार कैलाश अधिकारी नेपाल फर्किएलगत्तै घटनाको विस्तृत छानविन भइरहेको बताइएको छ ।   

     

    images
    प्रकाशित मिति :जेठ २० २०८३ बुधवार - १३:४४:४४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij