Logo

२०८३ श्रावण २८ गते बिहिवार

२०८३ श्रावण २८ गते बिहिवार

निफ्रा बैंकमा रहेको शेयर बेच्दै आइएमई लिमिटेड

निफ्रा बैंकमा रहेको शेयर बेच्दै आइएमई लिमिटेड


  • 3.8K
    Shares

    निफ्रा बैंकमा रहेको  शेयर बेच्दै आइएमई लिमिटेड
    images

    काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)मा आइएमई लिमिटेडको स्वामित्वको १० लाख ८० हजार कित्ता शेयर बिक्रीमा राखिएको छ। आइएमईको स्वामित्वमा रहेको संस्थापक शेयर बिक्रीमा राखिएको हो। 

    यो शेयरमा हाललाई निफ्राका विद्यमान संस्थापक शेयरधनीहरुले मात्रै खरिदका लागि निवेदन दिन सक्नेछन्।

    बिक्रीमा राखिएको शेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ। शेयर खरिदका लागि निवेदन काठमाडौंको बानेश्वरस्थित बैंकको रजिस्टर्ड कार्यालयस्थित कानुन विभागमा ३५ दिनभित्र आवेदन पेस गर्न सकिनेछ। 

    इच्छुक संस्थापक शेयरधनीले तोकिएको अवधिभित्र शेयर खरिदका लागि निवेदन नदिएको खण्डमा अन्य व्यक्ति तथा संस्थालाई बिक्री खुला गरिने निफ्राले जनाएको छ।   

     

    images
    प्रकाशित मिति :जेठ २० २०८३ बुधवार - १०:४६:३५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij