२०८२ भाद्र १२ गते बिहिवार
धरान । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड १९ अस्पतालमा उपचारका क्रममा एक संक्रमित महिलाको बेडबाट लडेर मृत्यु भएको छ ।
सिरहा, गोलबजारकी ५५ बर्षीया संक्रमित महिलाको अस्पतालको बेडबाट लडेर सोमबार राति मृत्यु भएको हो । अस्पतालमा उपचाररत ती महिलाको मृत्युपछि परिवारले शव परिवारले शव बुझ्न मानेका छैनन् ।
मृतक महिलाको ज्वाँई धननारायण श्रेष्ठले अस्पतालले सोमबार साँझ ७ बजे कोभिड युनिटमा उपचारका क्रममा बेडबाट लगेर मृत्यु भएको जानकारी गराएको बताए । तर उनले उपचारमा रहेको बेडबाट लडेर अस्पतालमै कसैको मृत्यु हुनुलाई समान्यरुपमा लिन नसकिने बताए ।
‘सासु आमाको मृत्युको घटना रहस्यमय छ’श्रेष्ठले अस्पतालको बेडबाट बिरामी लडेर मृत्यु हुने कुरा पत्याउन सकिन्न् ।’ घटनाको निष्पक्ष छानबीन हुनुपर्छ । आफुहरुले आमाको मृत्युको कारण थाहा पाउँन अस्पतालको सिसि क्यामेराको फुटेज हर्न पाउनुपर्ने उनले बताए ।
ज्पाँई श्रेष्ठका अनुसार सोमबार दिउँसो २ बजे काउन्सेलिङको क्रममा डाक्टरहरुले आमा बेडबाट लडेको जानकारी गराएको थिए । फेरि सोढ ३ बजे तिर नर्सले पुनः काउन्सेलिङमा लडेर नाक र निधार फुटेकोले आइसले सेकिरहेको भन्दै जानकारी दिएका थिए । अस्पताल प्रशासनले राती करिब साढे ७ बजेतिर अस्पतालले आमाको मृत्यु भएको परिवारलाई जानकारी उनले बताए ।
श्रेष्ठले भने,‘म यही छुँ, मलाई समयमा नै किन जानकारी दिइएन ? लड्नुको कारण के हो ? को जिम्मेवार हुने ? डाक्टर र नर्सहरु के हेरेर बस्यो ?’ उनले घटनाको बारेमा अहिले अस्पताल प्रशासनसँग छलफल भइरहेको पनि बताए ।
मृतकलाई सुगर बढेपछि परिवारजनले जनकपुर अस्पताल लगेका थिए । त्यहाँबाट वीपी रिफर भएपछि धरान ल्याएका थिए । दुई दिन इर्मजेन्सीमा राखेपछि पिसिआर गर्दा पोजेटिभ रिपोर्ट आएको र कोभिड अस्पतालमा भर्ना गरिएको थियो ।
जनकपुरमा कोभिड परीक्षण गर्दा भने रिपोर्ट नेगेटिभ आएको छोराको भनाई छ । कोभिड अस्पतलामा भर्ना हुँदा पनि आमाको स्वास्थ्य अवस्था सामान्य नै रहेको उनको भनाई छ । प्रतिष्ठानको कोरोना अस्पतालको फोकल पर्सन डा विकास शाहले घटनाको बारेमा बुझ्ने काम भइरहेको बताए ।
रातको समयको घटना भएकाले आफूलाई पुरै जानकारी नभएकाले अहिले बुझन काम भईरहेको भन्दै उनले घटनाबारेमा थप खोल्न चाहेनन् । त्यसैगरी सहप्रवक्ता डा. चूडामणि पोखरेलले पटक–पटक घटनाका बारेमा प्रतिक्रिया लिन सम्पर्क गर्दा मोबाइल रिसिभ गरेनन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij