Logo

२०८२ भाद्र १२ गते बिहिवार

२०८२ भाद्र १२ गते बिहिवार

कोरोनाका कारण अर्थशास्त्री डा. थापाको निधन

कोरोनाका कारण अर्थशास्त्री डा. थापाको निधन


  • 6.4K
    Shares

    कोरोनाका कारण अर्थशास्त्री डा. थापाको निधन
    images

    काठमाडौं । एमालेका नेतासमेत रहेका अर्थशास्त्री डा. गोविन्दबहादुर थापाको कोरोना संक्रमणको कारण निधन भएको छ । मंगलबार बिहान गंगालाल अस्पतालमा उपचारको क्रममा थापाको निधन भएको पारिवारिक स्रोतले जनाएको छ । 

    कोरोना संक्रमण देखिएपछि एक महिनाअघि अस्पताल भर्ना भएका थापालाई पछिल्लो १५ दिनदेखि भेन्टिलेटरमा राखिएको थियो ।राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक थापा मनमोहन अधिकारी नेतृत्वको ९ महिने अल्पमत सरकारका अर्थमन्त्री भरतमोहन अधिकारीका आर्थिक सल्लाहकार थिए ।

    थापाले एसियाली विकास बैंकको मनिलास्थित कार्यालयमा आवासीय प्रतिनिधिका रुपमा समेत काम गरेका थिए । पछिल्लो समय थापा भरतमोहन अधिकारी स्मृति प्रतिष्ठानमार्फत सामाजिक कार्यमा आवद्ध थिए ।

    कास्कीका स्थायी बासिन्दा उनी हाल भने राजधानीको बसुन्धरामा बस्दै आएका थिए । थापाका श्रीमती, एक छोरा र एक छोरी छन् ।थापा एमालेको अर्थ तथा योजना विभागका सचिव थिए । 

    प्रकाशित मिति :जेठ १८ २०७८ मंगलवार - १०:५९:३९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij