Logo

२०८२ भाद्र १२ गते बिहिवार

२०८२ भाद्र १२ गते बिहिवार

न्यायालय र कानुन व्यवसायीहरुप्रति प्रधानमन्त्रीको टिप्पणी अधिनायकवादी व्यवस्थाको पूर्वाभ्यास : शेखर कोइराला

न्यायालय र कानुन व्यवसायीहरुप्रति प्रधानमन्त्रीको टिप्पणी अधिनायकवादी व्यवस्थाको पूर्वाभ्यास : शेखर कोइराला


  • 4.9K
    Shares

    न्यायालय र कानुन व्यवसायीहरुप्रति प्रधानमन्त्रीको टिप्पणी अधिनायकवादी व्यवस्थाको पूर्वाभ्यास : शेखर कोइराला
    images

    काठमाडौं । नेपाली कांग्रेसका नेता डाक्टर शेखर कोइरालाले प्रधानमन्त्री केपी शर्मा ओलीको न्यायालय र वकिलहरुप्रतिको टिप्पणी अधिनायकवादी व्यवस्थाको पूर्वाभ्यास र तानाशाह बन्ने चाहना भएको बताएका छन ।

    मंगलाबार बिहान एक ट्विट गर्दै नेता कोरालाले ओलीले कानुन व्यवसायी र वकिलहरुले लोकतान्त्रिक आन्दोलनमा खेलेको भूमिका बिर्सेको मात्र नभई हारको मानसिकताको उपहार र गण तन्त्रको अवमूल्यन भएको समेत उल्लेख गरेका छन् ।

    सोमबार एक कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले पूर्व प्रधान न्यायाधीशरुलाई वर्तमान न्यायलयका काम कारबाहीमाथि हस्तक्षेपकारी ताण्डव गरेको टिप्पणी गरेका थिए । साथै, उनले कालोकोटधारी केही व्यक्तिले न्यायालयलाई कुन अवस्थामा पुर्‍याउँदै हुनुहुन्छ भन्दै आक्रोश व्यक्त गरेका थिए ।

    प्रकाशित मिति :जेठ १८ २०७८ मंगलवार - १०:५१:१६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij