२०८२ भाद्र २ गते सोमवार
झापा। झापाको दमक नगरपालकिा-४ कृष्ण मन्दिर नजिकै गएराति सवारीसाधनको ठक्करबाट एक पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा अन्दाजी ४५ वर्षीय पुरुष छन् ।
मृतककको सनाखत भइनसकेको प्रहरीले जनाएको छ । गएराती साढे २ बजे नम्बर नखुलेको सवारीसाधनले ठक्कर दिएको थियो ।
दुर्घटनापश्चात सवारीसाधनसहित फरार रहेका चालकको खोजी भइरहेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij