Logo

२०८३ कार्तिक ३ गते सोमवार

२०८३ कार्तिक ३ गते सोमवार

सभामुखकै शब्द रेकर्डबाट हटाउन सांसदहरूको माग

सभामुखकै शब्द रेकर्डबाट हटाउन सांसदहरूको माग


  • 1.1K
    Shares

    सभामुखकै शब्द रेकर्डबाट हटाउन सांसदहरूको माग
    images

    काठमाडौं । नेकपा एमालेले प्रतिनिधि सभा बैठकमा सभामुख डोलप्रसाद अर्यालले व्यक्त गरेको धारणा रेकर्डबाट हटाउन माग गरेको छ । एमालेका प्रमुख सचेतक ऐन महरले सभामुख अर्यालले प्रतिनिधि सभा नियमावली २०७९ विपरीत बोलेकाले हटाउन माग गरेका हुन्। 

    सभामुख अर्यालले नै प्रतिनिधिसभा नियमावलीको गलत व्याख्या गरेको उनको भनाइ छ। प्रधानमन्त्रीले आकस्मिक रूपमा प्रश्नोत्तर कार्यक्रम सञ्चालन होस् भन्ने चाहेकामा विपक्षी दलहरूले नियमावलीको विषय उठाएपछि सभामुख अर्यालले नियमावलीको कुनै नियममा पनि १५ जनाले प्रश्न सोध्न पाउने भन्ने लिखित रूपमा छैन भन्ने धारणा व्यक्त गरेका थिए।

    सभामुख अर्यालको उक्त भनाइ नियमावलीको नियम ५६ को उपनियम ५ विपरीत रहेको महरले बताएका छन् ।

    त्यसअघि सभामुख अर्यालले भनेका थिए, ‘मैले फेरि माननीय सदस्यहरूलाई ध्यानाकर्षण गराएँ । नियमावलीको कुनै नियममा पनि १५ जनाले प्रश्न सोध्न पाउने भन्ने लिखित रूपमा छैन।’   

     

    प्रकाशित मिति :जेठ १७ २०८३ आइतवार - १४:४५:५५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij