Logo

२०८३ कार्तिक ३ गते सोमवार

२०८३ कार्तिक ३ गते सोमवार

श्रम स्वीकृति लिएर मात्रै विमानस्थल आउन अध्यागमनको आग्रह

श्रम स्वीकृति लिएर मात्रै विमानस्थल आउन अध्यागमनको आग्रह


  • 1.0K
    Shares

    श्रम स्वीकृति लिएर मात्रै विमानस्थल आउन अध्यागमनको आग्रह
    images

    काठमाडौं । अध्यागमन विभागले श्रम स्वीकृति भएपछि मात्रै वैदेशिक रोजगारीको यात्रा गर्न अनुरोध गरेको छ । 

    विभागले एक प्रेस विज्ञप्ति जारी गर्दै श्रमिक भिसामा रहेका कतिपय नेपालीले श्रम स्वीकृतिको लागि वैदेशिक रोजगार विभागमा आवेदन मात्र गरी स्वीकृति नहुँदै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमनमा प्रस्थानका लागि आउने गरेको भन्दै श्रम स्वीकृति भइसकेपछि मात्रै आउन अनुरोध गरेको हो ।

    अध्यागमन विभागले वैदेशिक रोजगारीको सिलसिलामा प्रस्थान गर्ने नेपाली श्रमिकहरूलाई वैदेशिक रोजगार विभागबाट जारी भएको श्रम स्वीकृति र राहदानी लिएर मात्र विमानस्थल आउन अनुरोध गरेको छ। 

    वैदेशिक रोजगारीका लागि विदेश प्रस्थान गर्ने नेपाली श्रमिकहरूले विमानस्थलमा श्रम स्वीकृति र राहदानीबाहेक अन्य कुनै पनि थप बिल वा रसिद पेस गर्नुपर्ने जनाएको छ । 

    यसैगरी, भिजिट भिसा (भ्रमण भिसा) मा विदेश जाने नेपाली नागरिकहरूको हकमा पनि मन्त्रिस्तरीय निर्णय र प्रचलित कानुनअनुसार भिजिट भिसामा जानका लागि कम्तीमा ६ महिना वैधता अवधि भएको राहदानी, गन्तव्य मुलुकसम्मको हवाई टिकट, सम्बन्धित मुलुकको भिसा र स्वघोषणा अनिवार्य गरिएको विभागले जनाएको छ ।   

    capture1_LGVYWNLgXf.png

     

    प्रकाशित मिति :जेठ १७ २०८३ आइतवार - १२:०२:२४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij