Logo

२०८३ श्रावण २८ गते बिहिवार

२०८३ श्रावण २८ गते बिहिवार

नेपाली बजारमा ‘अनर ६००’ सिरिजका दुई नयाँ स्मार्टफोन सार्वजनिक

नेपाली बजारमा ‘अनर ६००’ सिरिजका दुई नयाँ स्मार्टफोन सार्वजनिक


  • 1.6K
    Shares

    नेपाली बजारमा ‘अनर ६००’ सिरिजका दुई नयाँ स्मार्टफोन सार्वजनिक
    images

    काठमाडौं । अनर मोबाइलको आधिकारिक विक्रेता सेल्ट्रोन नेपाल प्राइभेट लिमिटेडले नेपाली बजारमा ‘अनर ६००’ सिरिजका दुई नयाँ स्मार्टफोनहरू सार्वजनिक गरेको छ । कम्पनीले एक कार्यक्रमका बीच ‘अनर ६००’ र ‘अनर ६०० प्रो’ बजारमा ल्याएको जानकारी दिएको हो । 

    नयाँ सार्वजनिक फोनहरूको प्रमुख विशेषताका रूपमा ‘एआई इमेज-टु-भिडियो’ फिचरलाई अघि सारिएको छ । यस प्रविधिमार्फत प्रयोगकर्ताले स्थिर तस्बिरलाई सजिलै भिडियोमा रूपान्तरण गर्न सक्नेछन् । बजारका अन्य स्मार्टफोनहरूमा यस्तो सुविधाका लागि शुल्क तिर्नुपर्ने अवस्था रहे पनि अनरले यो सुविधा निःशुल्क उपलब्ध गराएको सेल्ट्रोन नेपालकी मार्केटिङ म्यानेजर आस्था जोशीले जानकारी दिए।

    अनर ६०० प्रोमा २०० मेगापिक्सेलको शक्तिशाली क्यामेरा जडान गरिएको छ, जसले उत्कृष्ट रात्रिकालीन फोटोग्राफी ९नाइट फोटोग्राफी० सुनिश्चित गर्दछ । फोनमा ७००० एमएएच क्षमताको शक्तिशाली ब्याट्री रहेको छ, जसले एक पटकको पूर्ण चार्जमा सामान्य प्रयोगकर्तालाई दुईदेखि तीन दिनसम्म साथ दिने दाबी गरिएको छ । 

    उच्च कार्यक्षमताका कारण यो फोन प्रयोग गर्दा ‘ल्याग’ नहुने र प्रयोगकर्ताले सहज अनुभव प्राप्त गर्ने कम्पनीको भनाइ छ । नेपाली बजारमा अनर ६०० प्रोको मूल्य १ लाख २९ हजार ९०० रुपैयाँ निर्धारण गरिएको छ । कम्पनीले यस फोनका विशेषताहरू तुलनात्मक रूपमा अन्य महँगा स्मार्टफोनको दाँजोमा उत्कृष्ट रहेको दाबी गरेको छ । 

    नयाँ सिरिजको सार्वजनिकसँगै कम्पनीले उपभोक्ताहरूका लागि विशेष उपहार योजना पनि ल्याएको छ । अनर ६०० को खरिदमा ग्राहकले १६ हजार रुपैयाँ बराबरको स्मार्ट घडी र ‘ई-फिक्स’ प्रोटेक्सन (सर्भिस अफर) प्राप्त गर्नेछन् । त्यस्तै अनर ६०० प्रोको खरिदमा १६ हजार मूल्यको घडीका साथै ११ हजार रुपैयाँ बराबरको ‘एयर क्लिप’ र ई–फिक्स प्रोटेक्सन उपलब्ध गराइनेछ । 

    ग्राहकको सहजताका लागि कम्पनीले किस्ताबन्दी (ईएमआई) सुविधाको समेत व्यवस्था गरेको छ । यसका लागि एनआइसी एशिया बैंक र माछापुच्छ्रे बैंकसँग सहकार्य गरिएको छ । शुन्य प्रतिशत ब्याजदरमा उपलब्ध हुने यस सुविधा अन्तर्गत ग्राहकले निश्चित प्रतिशत ‘डाउन पेमेन्ट’ गरेर फोन खरिद गर्न सक्नेछन् । नयाँ प्रविधि र आकर्षक इकोसिस्टमसहित बजारमा आएको अनर ६०० सिरिजले नेपाली उपभोक्ताको मन जित्नेमा कम्पनी विश्वस्त देखिएको छ । 

    images
    प्रकाशित मिति :जेठ १५ २०८३ शुक्रवार - १३:१९:१६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij