Logo

२०८३ श्रावण २८ गते बिहिवार

२०८३ श्रावण २८ गते बिहिवार

सुनको मूल्य बढ्यो, प्रतितोला कति पुग्यो ?

सुनको मूल्य बढ्यो, प्रतितोला कति पुग्यो ?


  • 1.6K
    Shares

    सुनको मूल्य बढ्यो, प्रतितोला कति पुग्यो ?
    images

    काठमाडौं । साताको अन्तिम कारोबारको दिन शुक्रवार नेपाली बजारमा सुनको मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ५ हजार ६ सय रुपैयाँले बढेको हो ।

    आज छापावाल सुन प्रतितोला २ लाख ९० हजार ६ सय रुपैयाँ कायम भएको छ । यसअघि बिहीबार सुन प्रतितोला २ लाख ८५ हजार रुपैयाँमा कारोबार भएको थियो ।

    त्यस्तै, आज १० ग्राम सुनको मूल्य २ लाख ४९ हजार १४० रुपैयाँ कायम गरिएको छ ।

    साथै, आज चाँदीको मूल्य पनि बढेको छ । महासंघका अनुसार चाँदी प्रतितोला १७५ रुपैयाँले बढेर ५ हजार ४० रुपैयाँ पुगेको छ । 

    बिहीबार चाँदी प्रतितोला ४ हजार ८ सय ६५ रुपैयाँमा कारोबार भएको थियो । १० ग्राम चाँदीको मूल्य भने आज ४ हजार ३२० रुपैयाँ ५० पैसा रहेको छ ।

     

    images
    प्रकाशित मिति :जेठ १५ २०८३ शुक्रवार - ११:१४:१४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij